नोटिफाई नेपालLoading...



फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध २-० गोल बनाएको छ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियम जारी खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले गरेको गोलले अमेरिकाले अग्रता लिएको हो।
यसअघि, खेलको ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
साथै, बालोगुनलाई खेलको ६४औं मिनेटमा रेड कार्ड देखाइएको थियो। भिएआर चेकमा उनले रातो कार्ड पाउने खालको फाउल गरेको निष्कर्ष निकालिएपछि रेड कार्ड देखाइएको हो।
हाल अमेरिकी टोलीले १० खेलाडीमा खेलिरहेको छ।






२८ असार , २,०८३