भाइबरपछि नेपालमा सर्वाधिक डाउनलोड भइरहेको 1.1.1.1 + WARP एप के हो अनि कसरी प्रयोग गर्ने ?
Your ads here755 X 100

•
Byटेकपाना
•
आइतबार, २२ भाद्र २०८२, १:४६ अपराह्न
काठमाडौँ । नेपाल सरकारले फेसबुक, मेसेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम, एक्स, रेडिट, युट्युब, स्न्यापच्याट लगायतका सामाजिक सञ्जाल प्रतिबन्ध गरेपछि नेपालीहरूले नयाँ नयाँ एप डाउनलोड गरिरहेका छन् । सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेपछि सबैभन्दा धेरै डाउनलोड हुने एपहरूको सूचीमा पहिलो नम्बरमा भाइबर छ भने दोस्रोमा 1.1.1.1 + WARP नामक एउटा एप छ ।
नेपालमा अहिले यतिधेरै लोकप्रिय भइरहेको यो कस्तो एप हो र कसरी प्रयोग गर्ने भन्ने विषयमा यहाँ चर्चा गर्दैछौँ । आजको डिजिटल युगमा इन्टरनेटको गति र सुरक्षा हाम्रो दैनिक जीवनको लागि अपरिहार्य बन...