नोटिफाई नेपालLoading...



नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्ति फिर्ता नलिएसम्म संसद बैठक अघि नबढ्ने बताएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्रीले कारणले नेपाली जनताको शीर निहुरिएको बताए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्ति नजिर बनेर स्थापित भएको बताउँदै उनले भने,‘ ‘आज सदनमा बोल्दै गर्दा मेरो शिर निहुरिएको छ। हिजो प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले आज मेरो मात्र होइन, आम नेपाली नागरिकको शिर निहुराएको छ।’
उक्त अभिव्यक्ति फिर्ता नलिएसम्म सदन सञ्चालनमा सहयोग गर्न नसक्ने बताउँदै उनले भारतले भोली नेपालले मिचेको भनिएको जमिन फिर्ता मागेमा के फिर्ता दिने भनेर प्रश्न गरे। उनले भने, ‘प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुपर्छ कहाँकहाँ नेपालले भारतको जमिन मिच्यो। एक एक इन्चको हिसाब चाहिन्छ। भोलि भारतले आफ्नो भूमि फिर्ता चाहिन्छ भन्यो भने कुन जग्गा दिने ?’








२२ जेठ , २,०८३