नोटिफाई नेपालLoading...



जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गत दीपेन्द्र सिंह ऐरीको शतकप्रेरित प्रदर्शनमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोज्यो। निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै नेपालले २८९ रन बनायो। नेपालका दीपेन्द्रले सर्वाधिक १०० रन बनाए। ९४ बलको सामना गरेका उनले १३ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै, नेपालका ओपनर बिनोद भण्डारी ५६ रनमा पेभिलियन फर्किए। उक्त इनिङ्समा उनले ७ चौका प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा राष्ट्रिय टोलीबाट डेब्यू गरेका अर्जुन कुमाल ११ रनमा आउट भए भने कप्तान रोहितकुमार पौडेल ३९ रनमा मैदानबाट बाहिरिए।
यूएईका लागि अजय कुमारले २ विकेट लिए।
.jpg)







१ जेठ , २,०८३