उपराष्ट्रपति यादव र नर्वेकी राजदूत मियोसबीच भेटवार्ता
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बुधबार, २३ बैशाख २०८३, ४:५४ अपराह्न
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भेट गरेकी छिन् ।
सो अवसरमा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध कायम रही आएको बताए । 'लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्,' उनले भने, 'विकास...