जब विश्वकपले काचुली फेर्यो : रोनाल्डोको ‘रहस्यमय’ रात र जिदानको उदय
१६औँ फिफा विश्वकप केवल खेलको प्रतिस्पर्धा थिएन, यो आधुनिक फुटबलको एक नयाँ अध्याय पनि थियो । ६० वर्षपछि विश्वकप फेरि आफ्नो भूमिमा फर्कँदा फ्रान्सले मात्र होइन, सिंगो विश्वले नै फुटबलको नयाँ परिभाषा पाएको थियो ।
१६औँ संस्करण सन् १९९८ को जुन १० देखि जुलाई १२ तारिखसम्म फ्रान्समा आयोजना भयो । यो विश्वकपका खेलहरू विभिन्न १० सहरका रंगशालाहरूमा खेलाइएको थियो ।
एसियाबाट इरान, जोर्डन, साउदी अरेयिबा र दक्षिण कोरिया गरी चार राष्ट्रले भाग लिएका थिए । अफ्रिकाबाट पनि क्यामरुन, मोरक्को, नाइजेरिया, दक्षिण अफ्रिका र ट्युनिसिया गरी पा...