नोटिफाई नेपालLoading...
मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज कात्तिक १० गते अन्तिम दिन रहेको छ। दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गते बुक क्लोज गर्ने भएका छन्। त्यसैले आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। मञ्जुश्री फाइनान्सले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर
हिम पर्वत हाइड्रोपावर लिमिटेडले भोलि कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित
सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक सेयरधनी कृष्णबहादुर थापाले आफ्नो नाममा रहेको १४ हजार ४२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्। संस्थाले सूचना जारी गर्दै उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ। इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, गैँडाकोट–५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको कात्तिक १० गते सोमबार बसेको सञ्चालक समितिको ४९४औँ बैठकले करसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यसअनुसार सेयरधनीले प्रतिकित्ता १६ रुपैयाँ नगद लाभांश पाउनेछन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको २ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्। कम्पनीका अनुसार विन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले आगामी तीन महिनाभित्र जनही १ लाख कित्ता सेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएका छन्। नियामकीय व्यवस्थाअनुसार आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर
नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा निर्माण हुने चलचित्रका लागि प्रोत्साहन अनुदान माग गरेको छ। मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअनुसार यथार्थपरक, मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि आवेदन आह्वान गरेको हो। मन्त्रालयले कात्तिक १० गते प्रकाशित सूचना अनुसार चलचित्रको स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा अनुदान उपलब्ध गराउनेछ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो। कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको २२३औँ बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। श्रेष्ठको राजीनामा लागू हुने मितिदेखि अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख
माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोलि कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा सहभागी हुन सक्नेछन्। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल २१.०५२६३ प्रतिशत लाभांश
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। गत वर्षको असोजको तुलनामा यस वर्ष निर्यातबाट भएको कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको हो। प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात
भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको ३.६८४२ प्रतिशत अर्थात् ७ करोड ४ लाख ६० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण