भग्नावशेषको शिविरबाट
भग्नावशेषको थुप्रोले बनेको अभिशप्त शिविरबाट खण्डहर प्रकृतिशालामा टोलाएर होस ठेगानाविहीन भएर किंकर्तव्यविमूढ मुडमा हामीहरू हर हमेसा पढिरहेछौं निर्माण–विनिर्माणका बडापत्रहरू गमिरहेछौं प्रलय–महाप्रलयका आख्यानहरू। तिमीहरू भग्नावशेषले थिचिएपछि आफन्त र साथीहरू स्वयं भग्नावशेष बनेपछि हामी एकाएक स्तब्ध भएका छौं सर्लक्कै अर्धचेतयुक्त भएका छौं हामी भग्नावशेषतुल्य भएका छौँ। एउटै लासमा धेरैले दावी गरिरहेको आततायी महाविपत्तिको घनघोर त्रासदीबीच खण्डहर किनारामा […]