नोटिफाई नेपालLoading...



देशका विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ।
स्याङ्जा, पुतलीबजार नगरपालिका-१ ट्याक्सी चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय फारूक अली र सोही नगरपालिका-४ घर भएका २५ वर्षीय निशान थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फारूकको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
सिराहा, गोलबजार नगरपालिका-६ गोलबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ३० मिलिग्राम र नगद ३८ हजार ३ सय ८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय शेखर कुमार साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
चितवन, कालिका नगरपालिका-१ सूर्यपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३३ मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९५ ट्याब्लेट र एनारगन १ सय ९३ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने १९ वर्षीय साहिल तामाङ र सोही नगरपालिका-४ बस्ने २९ वर्षीया सबिना पाण्डे रहेका छन्। इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० लेखनाथ चोक बस्ने ३० वर्षीया बिबिसा चापागाई र सोही नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय दिपक उप्रेती रहेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ।
बर्दिया, राजापुर नगरपालिका-४ आनन्त चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सागर परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने ३१ वर्षीय अनिल प्रधानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै, थप अनुसन्धानका लागि अन्य ५ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३२ गगनगौडा बस्ने तनहुँ घर भएका २७ वर्षीय अनिल नेपाली र तनहुँ व्यास नगरपालिका-१२ बस्ने आँबुखैरेनी गाउँपालिका-१ घर भएका ३० वर्षीय मदन घिमिरे रहेका छन्।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध पोलेन ८ ग्राम सहित ललितपुर महानगरपालिका-१३ बस्ने २० वर्षीय शिब श्रेष्ठलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नाइट्राजेपाम २० ट्याब्लेट सहित मोरङ पथरी शनिश्चरे गाउँपालिका-६ बस्ने २ जना १७ वर्षीय किशोरहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







१४ बैशाख , २,०८३