नोटिफाई नेपालLoading...



देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल पहाडी भागमा आंशिक बदली छ भने बाँकी भागको मौसम सफा छ।
आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागको मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात पनि हुन सक्छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने महाशाखाले बताएको छ।
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई उड्डयनमा आंशिक प्रभाव पार्न सक्ने भएकाले त्यसबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। रासस

-1780051607.jpg)

![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)


-1747313857.jpg)
१५ जेठ , २,०८३