नोटिफाई नेपालLoading...



भारतको केरला राज्यस्थित एउटा गाउँमा पिटर लेनुले ज्यादै प्यारो गरी हुर्काएको बाख्रो संसारकै फुच्चे बन्न पुगेको छ। चार वर्षको बाख्रो अहिलेसम्म पूरै हुर्किसक्दा जम्माजम्मी एक फुट तीन इन्चको मात्र भएको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्डसले हालसम्म संसारकै सानो बाख्राको कीर्तिमानका रूपमा यो बाख्रालाई उपाधि दिएको छ।
परिवारजनले यसलाई प्रेमपूर्वक कारुम्बी भनेर बोलाउने गरेका छन्। गाउँभरिका बाख्रामध्ये कारुम्बीको उचाइ कहिल्यै बढेन। त्यसपछि उनले चिन्ता गर्दै स्थानीय पशु चिकित्सकलाई देखाउन लगेका थिए। स्थानीय चिकित्सकहरू पनि चार वर्षे बाख्राको आकार ज्यादै सानो देखेर उदेक मान्दै कीर्तिमान हुनसक्छ भन्दै पिटरलाई उक्साए।
पिटरको खोरमा अन्य २३ खसीबाख्रा छन्। तीमध्ये पिटरलाई कारुम्बी नै प्यारो लाग्छ। सम्भवतः यसको उचाइ साह्रै कम भएकाले पनि होला। अहिलेसम्म कारुम्बीले एउटा मात्र सन्तान जन्माएको छ। पिटर भन्छन्, ‘अहिले केही दिनयता यो फेरि गर्भवती भएको छ। अब आउने उसको सन्तान हामी हर्षोल्लासको साथ कुरिरहेका छौँ।’
प्रस्तुतिः अच्युत कोइराला

-1780051607.jpg)

![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)


-1747313857.jpg)
१५ जेठ , २,०८३