नोटिफाई नेपालLoading...



गत चैत १५ गतेको तीनकुने घटनामा राज्यविरुद्धको कसूर गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन्।
उनीहरूलाई मङ्गलबार (आज) काठमाडौंका छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरबाट पक्राउ गरिएको जनाएको छ।
पक्राउ पर्नेहरूमा भोजपुर अरुण गाउँपालिका ५ वतन घर भएका ४५ वर्षीय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ घर भएका वर्ष ३० को जित बहादुर श्रेष्ठ रहेका छन्।
उनीहरूलाई तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्य विरुद्धको कसूर र आपराधिक उपद्रवलगायतका अपराधमा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।








२४ बैशाख , २,०८३