नोटिफाई नेपालLoading...



नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आधिकारिक पेजमार्फत जानकारी दिँदै उक्त खेल हङकङमै आयोजना हुने जनाएको हो।
हङकङ फुटबल संघको निमन्त्रणामा हुन लागेको यो मैत्रीपूर्ण खेल फिफाको आधिकारिक अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर अन्तर्गत पर्नेछ।
नेपालले यसअघि गत मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट खेलमा प्रतिस्पर्धा गरेको थियो। जसमा नेपाल २–० ले पराजित भएको थियो।
अब नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत जुन १० मा लाओससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। सो प्रतियोगिताको तयारीस्वरूप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
यसै महिनामा श्रीलंकामा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता पनि नेपाली टोलीको तयारीमा थप महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३