नोटिफाई नेपालLoading...



छिन्नलता गीत पुरस्कार गुठीले २०८१ सालको ‘छिन्नलता गीत पुरस्कार’ गीत-संगीतका विभिन्न सर्जकलाई प्रदान गर्ने निर्णय गरेको छ।
गुठीका सचिव कवि दिनेश अधिकारीद्वारा प्रेषित विज्ञप्तिअनुसार गीत रचनातर्फ गीतकार राजेन्द्र रिजाल, संगीततर्फ आभास (अच्युत फुयाँल) तथा गायनतर्फ इतु जोजिजु र रामभक्त जोजिजुलाई प्रदान गर्ने निर्णय गरिएको छ।
त्यस्तै युवा प्रतिभा पुरस्कार एसडी योगीलाई दिने निर्णय गरिएको छ। यो पुरस्कार ०८१ सालको लोकप्रिय गीत ‘रुकुम मैकोट’ को संगीत र स्वरका निम्ति योगीलाई प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ।
२०७९ देखि छिन्नलता गीत पुरस्कारको राशि एक लाख रूपैयाँ तथा युवा प्रतिभा पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ। घोषित पुरस्कारहरू गुठीका संस्थापक तथा गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को जन्मदिन असार २२ गते हरिशयनी एकादशीका दिन प्रदान गरिने जनाइएको छ।








२४ बैशाख , २,०८३