नोटिफाई नेपालLoading...



नेपाल उसु महासंघको आयोजनामा जारी सातौं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्स तथा ११औं राष्ट्रिय उसु डिप्लोमा कोर्समा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वान नेपाल आएका छन्।
उसु महासंघका कार्यवाहक अध्यक्ष शैलेश कर्माचार्य, महासचिव नवराज ढुंगाना, उप–महासचिव राजीव महर्जनलगायतका पदाधिकारीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बैठक कक्षमा उनलाई स्वागत गरेका थिए। उनले राखेपको सेमी कभर्डहलमा भइरहेको कोर्समा सहभागीलाई प्रशिक्षण गराएका थिए। उनले शुक्रबारसम्म प्रशिक्षण दिनेछन्। जेयाङ उसु संघका अध्यक्ष लिन सान्ताउ उसु संघका उपाध्यक्ष पनि हुन्। सातौं डान लिन जिहोङ ताइची ट्रेनिङ सेन्टरका प्रमुख प्रशिक्षक हुन्।
महासचिव ढुंगानाले निमन्त्रणा स्वीकार गरी नेपाल आएकामा लिनलाई धन्यवाद दिए। उनले नेपालमा अझ योग्य रेफ्री उत्पादन गर्ने उद्देश्यले कोर्स सञ्चालन गरिएको उल्लेख गर्दै लिनको प्रशिक्षणबाट सहभागीले उच्च स्तरको ज्ञान हासिल गर्ने विश्वास व्यक्त गरे। लिनले नेपालको उसु विकासमा महासंघसँग सहकार्य गर्न तयार रहेको बताउँदै सहभागीले सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। साताव्यापी निर्णायक कोर्समा ५२ तथा डिप्लोमा कोर्समा ४२ जना सहभागी छन्।






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३