नोटिफाई नेपालLoading...



नेपालका तीन खेलाडीले जापानमा हुने वाटा डब्लुएटिए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने भएका छन्।
आगामी अप्रिल २५ देखि २७ तारिखसम्म जापानको ओसाका सहरमा वाटा डब्लुएटिए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१औं संस्करण हुँदै छ। उक्त च्याम्पियनसिपमा नेपालका एक पुरुष र तीन महिला खेलाडीले खेल्ने भएका हुन्। त्यसका लागि चार खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली बिहीबार नै जापान प्रस्थान गरिसकेको छ। नेपाल तेक्वान्दो संघका सदस्य तथा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङले बिहीबारै उनीहरूलाई एक कार्यक्रमबीच बिदाइ गरेका थिए।
च्याम्पियनसिपमा पुरुष ६८ केजीमुनि विमल रोकायाले प्रतिस्पर्धा गर्दै छन्। महिला ७८ केजीमुनि मुना खवास मगर, ५२ केजीमुनि एन्जुना राई र ४२ केजीमुनि डोल्पा लामाले खेल्नेछन्। व्यवस्थापकमा समी पौडेल शर्मा छिन्। सिनियर खेलाडीद्वय मुना र विमलले लामो समयदेखि तयारी गरेकाले च्याम्पियनसिपमा राम्रो नतिजा ल्याउने आशा व्यक्त गरेकी छन्। यस च्याम्पियनसिपमा नेपालका अन्य खेलाडीले पनि प्रतिस्पर्धा गर्दै छन्।








२३ बैशाख , २,०८३