नोटिफाई नेपालLoading...



नेपाली स्टार महिला क्रिकेटर पूजा महतो नागरिक नायक २०८२ बाट सम्मानित भएकी छन्। नेपाल रिपब्लिक मिडियाले शनिबार सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट सम्मान गरेको छ।
क्रिकेटर महतोकै नेतृत्वमा नेपाली १९ वर्षमुनिको महिला क्रिकेट टोलीले पहिलो पटक विश्वकप क्रिकेटमा प्रवेश गराएको थियो।
सम्मान घोषणापछि नागरिकन्युजका सम्पादक तेजेन्द्र काफ्लेसँग कुराकानी गर्दै क्रिकेटर पूजाले यो सब उपलब्धि आफ्नो आमाबाबुको आशिर्वादले प्राप्त भएको बताइन्।
‘यो सबै मेरो बुबाको आशिर्वादले हो जस्ता लाग्छ,’ उनले भनिन्,‘जसलाई आमाबुबाको साथ छ उसको बच्चाले राम्रो गर्छ जस्तो लाग्छ।’
यस्तै पूजाले अब आफ्नो सपना अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले निर्धारत गर्ने खेलाडीको वरियतामा पहिलो हुने रहेको बताइन्।
‘नेपालको सपना छ नेपालको मात्र होइन, आइसिसीको वुमन्स र्यांकिङमा नम्बर वानमा आउन चाहन्छु,’ पूजाले सपना सुनाइन्।








२४ बैशाख , २,०८३