नोटिफाई नेपालLoading...



ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन्।
नदीमा पौडी खेल्ने क्रममा बगेर आज उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वडाध्यक्ष टेकेन्द्र सेन्दाङले तामाङलाई नदीले बगाएको भन्ने प्रहरीलाई जानकारी गराएका थिए। उक्त सूचना पाएपछि प्रहरी चौकी फुलबारी, हाङपाङ र निगुरादिनबाट खोजतलासका लागि टोली खटाइएको छ। रासस








२४ बैशाख , २,०८३