नोटिफाई नेपालLoading...



आज आमाको मुख हेर्ने दिन अर्थात आमा खुवाउने औंशी।
नेपालभरी तथा नेपाली हिन्दूभाषीहरू बिचमा यो कार्यक्रम आमालाई सम्झेर तथा आमालाई मिठा मिठा खाने कुरा खुवाएर मनाइने गरिन्छ।
यसैबिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस दिनको सम्झना गरेका छन्। ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो।’
उनले लेखेका छन, ‘आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ। यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु। आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्। शुभकामना।’






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३