नोटिफाई नेपालLoading...



तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकद्वय विक्रम खड्गी र विकेश विडारी शनिबार चीनको वुसी प्रस्थान गरेका छन्।
दुवैले अप्रिल २९ देखि ३० तारिखसम्म हुने १३औं एसियाली क्लब तेक्वान्दो च्याम्पियनसिप (डब्लुटी जि १) मा निर्णायकको भूमिका निर्वाह गर्नेछन्। विक्रम र विकेश काठमाडौं जिल्ला तेक्वान्दो संघका क्रमशः अध्यक्ष र उपाध्यक्ष पनि हुन्। उनीहरूलाई एसियन तेक्वान्दो युनियन रेफ्री कमिटीले मनोनयन गरेको बताइएको छ। यसै प्रतियोगितामा नेपालबाट पनि दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकसहित खेलाडी चीनमै छन्।






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३