नोटिफाई नेपालLoading...



श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले संसारमा आतंकवादीको अन्त्य हुनु आवश्यक रहेको बताएका छन्।
महोत्तरीको गौशालामा आयोजित एक कार्यक्रमकाबीच भारतमा भएको आतंकवादी हमालामा परि ज्यान गुमाएका १ नेपालीसहित २४ जना नागरिकप्रति श्रद्धा सुमन अर्पण गर्दै घटनामा संलग्नलाई कडाकारवाही गर्नका लागि भारतीय सरकारसँग आग्रह गरेका छन्।
यस कार्यमा धर्म, वर्ग, लिगं, समुदाय नभनिकन एकताको सुत्र कायम राख्दै आतंकवादीबाट विश्वलाई बचाउनका निम्ति हरेक सुमदायसँग आग्रह गरेका छन्। खासगरि भारत सरकारसँग सहकार्य गरी नेपाललाई अगाडि बढनुपर्नेमा उनले जोड दिएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका मन्त्री भण्डारीले मधेश आन्दोलनभन्दा संसारमा अन्य कुनै आन्दोलन ठुलो नभएको दाबी गरेका छन्। २०७२ सालमा लगातार नौ महिनासम्म मधेशको हक अधिकारको निम्ति मधेशीहरूले आन्दोलन भएको उनले स्मरण गराएका छन्।
चुनावको समयमा मधेशको नाम भजाएर मत माग्ने नेताहरू मधेशको हकहितको सवालमा व्यक्तिगत स्वार्थका कारण मत भजाउने कार्य गरेको आरोप लगाएका छन्।
अब रोजगार सूचना केन्द्रलाई अझ व्यवस्थित बनाई देश विदेशको रोजगारको सूचना सहज रूपमा नागरिक ऐपमार्फत सार्वजनिक गरिने तयारीमा मन्त्रालय लागेको भण्डारीले बताएका छन्। अबको केही महिना भित्रमा यसको सुरुवात हुने धारणा राखेका छन्।






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३