नोटिफाई नेपालLoading...



नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्तिमा ‘श्री ५ महाराजाधिराज’ उल्लेख भएकोमा सरकारसँग जवाफ माग गरेका छन्।
उनले शाहमाथि कारबाही माग समेत गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै नेपालको संविधानले यस्तो ओहदा नचिन्ने तर्क उनले गरेका हुन्।
वैशाख १३ गते संवाद सचिव फणिराज पाठकमार्फत जारी विज्ञप्तिमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’ लेखिएकोप्रति उनको आपत्ति जनाएका हुन्।
सांसद गैरेले यस्तो कार्यले संविधान र संसद्को सर्वोच्चताको उपहास गरेको भन्दै ज्ञानेन्द्र शाह र पाठकमाथि तत्काल कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा यसलाई नागरिक सर्वोच्चताको अपमानका रुपमा उल्लेख गरेका छन्।






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३