नोटिफाई नेपालLoading...



खोटेहाङ प्रज्ञाप्रतिष्ठान, खोटेहाङ गाउँपालिका, खोटाङले खोटेहाङ गाउँपालिका स्तरीय खुला कविता प्रतियोगिता गरेकाे छ।
कविता प्रतियोगितामा खोटेहाङ गाउँपालिकाका १३ कविको सहभागिता रहेको थियो। जसमा प्रथम राधा राई, द्वितीय अविन विष्ट र तृतीय अमिजन श्रेष्ठ बादल रहेका छन्। जसलाई पुरस्कार राशि १० हजार, ७ हजार र ५ हजार रूपैयाँ प्रदान गरिएकाे थियाे।
खोटेहाङ प्रज्ञाप्रतिष्ठानका अध्यक्ष इन्द्र नारथुङे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा १० दिने आधारभूत नृत्य तथा गायन कार्यक्रम गरेकाे बताए। प्रशिक्षकहरू गायक दिपक राई, नृत्यतर्फ स्वर्णीमा राई र रिना न्यौपाने रहेका छन्। गायनतर्फ १३ र नृत्यतर्फ २५ जनाको सहभागिता थिए।

नृत्य प्रशिक्षणमा साकेला, संगीनी, मारुनी, हुर्रा, सेलो, सोरठी आदि लोक नृत्य सिकाइएको थियो। त्यस्तै गीततर्फ गोठाले, साकेला, हुर्रा, मारुनी, संगिनी, सेलो आदि लोक गीत सिकाइएको थियो।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उदिमवहादुर राई, विशेष अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका परिषद् सदस्य डाक्टर किरात, उपाध्यक्ष रुपेश राई लगायत रहेका थिए।






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३