नोटिफाई नेपालLoading...



घुम्ती कवि गोष्ठी नेपालको १४९ औं शृङ्खलामा स्रष्टा गोविन्द घिमिरे वेदमणिको बोधकथासङ्ग्रह ‘बिग्रेको मान्छे’ लोकार्पण भएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ६, धनसिंहकोटस्थित गोविन्द घिमिरे वेदमणिको निवासमा स्रष्टा वेदमणिको जन्म महिना पारेर कार्यक्रम गरिएकाे थियाे।
अभिनव साहित्य समाजका अध्यक्ष एवम् घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार वेदमणिको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नपाका नगरप्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्य रहेको थियो।
उक्त कार्यक्रममा वरिष्ठ उपन्यासकार शङ्कर भारती, महाकाव्यकार बाजुराम पौडेल, साहित्यकार छायादत्त न्यौपाने, राजन न्यौपाने, घुम्ती कविगोष्ठीका अध्यक्ष माधवलाल श्रेष्ठ, सरस्वती स्कुलका प्रिन्सिपल राजु श्रेष्ठ, गीतकार नारायणकुमार आचार्य लगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रमुख अतिथि दीपककुमार रिसालले आफ्नो मन्तव्यमा हाम्रो गोकर्णेश्वर नगरपालिकाभित्र भएका जुनसुकै साहित्यिक कार्यक्रमले पनि यस नगरपालिकाको गौरव बढाएको छ। त्यसैले यस घुम्ती कविगोष्ठी नेपालले पनि घुमीघुमी कविगोष्ठी गरेको छ भन्दै यस्तो कार्यक्रम गर्ने साहित्यिक संस्थामा यो नै पहिलो हुनुपर्छ भएकाे बताए। रमेश विकल र भैरव अर्यालको क्षेत्र भएकाले यत्तिको त हुनै पर्छ भन्दै उनले आफूलाई साहित्यले तान्ने गरेको कुरासमेत बताए।
घुम्ती कविगोष्ठी नेपालका सचिव रामकुमार पण्डितले सञ्चालन गरेकाे कार्यक्रममा परशुराम पराशर, शारदा पराजुली, सुमित्रा श्रेष्ठ, पुनम घिमिरे, गङ्गा खड्का, एनबी जनकपुरी, ओमप्रसाद कोइराला, वसन्त रिजाल, बुद्धिसागर पौड्याल, कृष्णप्रसाद पौडेल जस्ताघरे, चेवन बस्नेत ठुलाघरे, बिपी इलामे, महेश्वर खनाल, राजेशमान केसी, वासुदेव पौडेल, दुर्गा भवानी भट्ट, ध्रुवराज थापा ‘पुरुष’, कात्यायन र दीपक लोहनी सिर्जना प्रस्तुत गरेका थिए।
घुम्तीकै अध्यक्ष माधवलाल श्रेष्ठले स्वागत मन्तव्यसहित कविता वाचन गरेकाे कार्यक्रममा भवानी सापकोटा अर्याल, सुशील आचार्य, गङ्गाप्रसाद भेटवाल, विमल अर्याल, कविराज घिमिरे, सुरेशचन्द्र घिमिरे, लीलाराज दाहाल, यादवप्रसाद पन्त, सुमन पुडासैनी मित्र, अच्युत पौडेल चिन्तन, मदनकृष्ण सिलवाल, पुरुषोत्तम अर्याल, विष्णुप्रसाद तिम्सिना, रञ्जु खनाल, कविता दाहाल, सरिता दुलाल घिमिरे, रामकुमार पण्डित लगायतले पनि कविता वाचेका थिए।






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३