नोटिफाई नेपालLoading...



सभामुख देवराज घिमिरेले संसद्मा सांसद माया राई पक्राउ परेकोसम्बन्धमा सांसद्लाई जानकारी गराएका छन् ।
सहकारी ठगीमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । पक्राउ पुर्जी जारी भएदेखि नै फरार रहेकी सांसद राई पक्राउ परेको सूचना शनिवार नै संघीय संसद् सचिवालय पुगेको थियो ।
बहालवाला सांसद पक्राउ परेको जानकारी तत्काल सदनलाई दिनुपर्ने नियम २४८ को उपनियम १ बमोजिम सभामुखले संसदमा सूचना गरेका हुन् ।
बैठक नचलेको अवस्था भए सूचना टाँस गरेर जानकारी दिने चलन छ ।






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३