नोटिफाई नेपालLoading...



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली शिक्षकका समस्या समाधान गर्ने भन्दा बल्झाउनेतिर लागेको आरोप लगाएका छन्। आइतबार बाँकेको राप्ती सोनारी गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।
‘अहिले शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ। उहाँहरूको समस्या समाधान गर्नका लागि विद्यालय शिक्षा विधेयक मैले नै सदनमा पु¥याएको थिएँ। अहिले सदनमा छलफल भइरहेको छ,’ दाहालले भने, ‘तर सरकारले जिम्मेवारीपूर्ण काम गरेको छैन। शिक्षकहरूलाई अपमानित हुने कुरा गरेको छ।’
दाहालले सर्वोच्च अदालतले शिक्षकका समस्या तीन दिनभित्र समाधान गरेर विद्यालय फर्किने वातावरण बनाऊ भनेर सरकारका नाममा आदेश गरेको पनि स्मरण गरे। ‘यसलाई ढिला नगरोस्। मैले आज सरकारमा सहभागी पार्टीका नेता र मन्त्रीहरूसँग आज बिहान यता आउनुअघि विशेष गरी आग्रह गरेको छु,’ दाहालले भने।
‘तर प्रधानमन्त्रीको रवैया समस्या समाधान गर्नेतिर छैन, समस्या बल्झाउनेतिर झन् समस्या थुपार्नेतिर, जनतालाई सताउनेतिर छ,’ दाहालले भने,‘फेरि पनि हामी खबरदारी गरिरहेका छौँ।’






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१५ जेठ , २,०८३