नोटिफाई नेपालLoading...

काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीद्वारा लिखित दुई काव्यकृति सार्वजनिक गरिएको छ । उर्दु एकेडेमी नेपालले आयोजना गरेको ‘शाम–ए–बसन्त’मा उनका उर्दु र हिन्दी गजलकृति ‘ठहरे हुए लम्हे’ र ‘वक्त रुकता नहीं’ लोकार्पण गरियो । उर्दु र हिन्दी गजलसंग्रह ‘ठहरे हुए लम्हे’ बसन्त सागरका नामबाट प्रकाशित छन् ।
उर्दु एकेडेमी नेपालका अध्यक्ष इम्तियाज वाफाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार धीरेन्द्र प्रेमर्षिले कवि बसन्तको सिर्जनशीलताको चर्चा गरे । उनले बसन्तको लेखनको अभिष्ट हृदयको गहिराइ भएको उल्लेख गरे ।
गजलकार तथा कवि बसन्त चौधरीले सार्वजनिक कृतिबाट केही गजलवाचन गरे । आफू प्रेमका कविता र गजलका बीचमा जिउने प्रयास गरेको उनले सुनाए ।
अध्यक्ष इम्तियाज वफाले गजलकार बसन्तको सोच उनका कवितामा प्रतिविम्बित भएको बताए ।
कार्यक्रममा प्रकाश सायमीले ‘ठहरे हुए लम्हे’माथि र डा धनेश द्विवेदीले ‘वक्त रुकता नहीं’माथि समीक्षात्मक मन्तव्य राखेका थिए ।
डा. सनतकुमार वस्ती, सकिना खान, अन्जुम, डा। द्विवेदी, सायमी र डा श्वेता दीप्तिले विमोचित कृतिबाट गजलहरू वाचन गरेका थिए ।






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१५ जेठ , २,०८३