नोटिफाई नेपालLoading...



नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले शिक्षक आन्दोलनमा प्रहरी र शिक्षक दुवै तर्फबाट बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
सांसद बडूले २७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात बल प्रयोग हुनु दुःखद र लज्जास्पद रहेको बताउँदै उपचाररत शिक्षकहरूको स्वास्थ्य लाभको कामना गरे।
उनले सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड समेत दिए।







२६ जेठ , २,०८३