नोटिफाई नेपालLoading...



नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको जवाफ माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै शिक्षा विधेयकमा शिक्षामन्त्री पन्तको धारणा माग गरेका हुन्। उनले संसद र देशलाई शिक्षा विधेयक यही अधिवेशनबाट टुंग्याउन तत्पर छौं भन्ने कुरा शिक्षामन्त्रीले जानकारी दिनुपर्ने बताए।
उनले शिक्षकको आइतबारको आन्दोलनमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रसेवकमाथि यस्तो व्यवहार गरिनु उचित नभएको बताए।







२६ जेठ , २,०८३