नोटिफाई नेपालLoading...



नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शिक्षकका माग नसुन्नु सरकारको जनविरोधी चरित्र रहेको बताएका छन्।
शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन बिजुलीबजार पुगेका पूर्वप्रधानमन्त्री खनालले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको रबैयाका कारण देशमा ठूलो आन्दोलन निम्तने खतरा औंल्याए। आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सम्बोधनको तयारीका साथ अध्यक्ष माधवकुमार नेपालसहित प्रदर्शनस्थल पुगेका नेताहरूलाई शिक्षकहरूले फर्काएका थिए। सोपछि नेता खनालले २७ दिनदेखि हजारौंको संख्यामा शिक्षकहरू काठमाडौंको सडकमा उत्रनु दुर्भाग्यपूर्ण भएको बताउँदै तत्काल माग सम्बोनका लागि सरकारको ध्यानाकर्षण गराए।
नेता खनालले तुरुन्तै ऐन ल्याउनुपर्ने अवस्थामा सरकारले अहिले पनि ध्यान नदिनको भन्दै चिन्ता व्यक्त गरे। शिक्षकहरूको आन्दोलनमा आफूहरूको अन्तिम समयसम्म समर्थन रहने उनको भनाइ थियो।







५ जेठ , २,०८३