नोटिफाई नेपालLoading...



सहकारी संस्थाहरूको रकम अपचलनबाट पीडित बचतकर्ताहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै आक्रोशित पीडितहरूले यस्तो कदम चालेका हुन्।
प्रदर्शनकारीहरूले सहकारी सञ्चालकको सम्पत्ति जफत गरी बचत रकम फिर्ता गर्न माग गरेका थिए। महिनौंदेखि सडक आन्दोलनमा उत्रिएका उनीहरूले सरकारले माग सम्बोधन नगरेको गुनासो गरेका छन्।
सहकारीहरूको वित्तीय अनियमितताले हजारौं बचतकर्ता आर्थिक संकटमा परेका छन्। पीडितहरूले न्याय र आफ्नो रकम फिर्ताको माग गर्दै आन्दोलनलाई तीव्र बनाउने चेतावनी दिएका छन्।
हेर्नुहोस् तस्बिहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक
















५ जेठ , २,०८३