नोटिफाई नेपालLoading...



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चैत १५ गते काठमाडौंमा आफूले गरेको एक आन्दोलनले ‘राजा भन्नेको’ हालत फुस्किएको बताएका छन्। सोमबार बर्दियामा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।
‘माओवादीले एक दनक दिएपछि त्यो राजा भन्नेको हालत फुस्कियो। अब केही लाग्ने वाला छैन,’ दाहालले भने, ‘आन्दोलनको तागत हो क्या।’
आन्दोलन र क्रान्ति भनेपछि माओवादीलाई उत्सवजस्तो लाग्न अध्यक्ष दाहालले बताए। उनले भने, ‘तर, सरकार भनेपछि हामीलाई अलिकति झमेला जस्तो लाग्छ। तर त्यो पनि सिक्नुपर्ने छ।’
अब बहुमत ल्याएर सरकार चलाउने उनले बताए। ‘बहुमत ल्याएपछि आफूले भनेअनुसार चलाउन सकिन्छ,’ उनले भने,‘त्यसैले अरू जेसुकै भए पनि मत ०८४ सम्म प्रधानमन्त्रीको रेसमा छैन।’







५ जेठ , २,०८३