नोटिफाई नेपालLoading...



१४ वर्षीय वैभव सूर्यवंशीको शानदार शतकको मद्दतले राजस्थान रोयल्सले आपिइलमा लगातार पाँच हारपछि पहिलो जित हात पारेको छ।
राजस्थानले सोमबार जयपुरको सवाई मानसिंह स्टेडियममा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो।
पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो। जवाफी ब्याटिङमा राजस्थानले मात्र २ विकेट गुमाएर १६औँ ओभरमै लक्ष्य पछ्याउँदै जित दर्ता गर्यो।
गुजराततर्फ शुभमन गिलले ८४ रन र जोस बटलरले ५० रनको योगदान दिए। राजस्थानतर्फ वैभव सूर्यवंशीले १०१ रनको शान्दार शतक बनाएका थिए भने यशस्वी जयसवालले ७० रन बनाए।
रियान पराग ३२ रनमा अविजित रहे। बलिङतर्फ महीश तीक्षणाले २ विकेट लिएका थिए।
वैभव सूर्यवंशीले मात्र ३५ बलमा शतक पूरा गर्दै आइपिइल र टी–२० क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक र शतक बनाउने कीर्तिमान समेत बनाएका छन्।
यो कुनै पनि भारतीय खेलाडीले आपिएलमा बनाएको सबैभन्दा छिटो शतक हो।







५ जेठ , २,०८३