नोटिफाई नेपालLoading...



‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरू हुनुहुन्छ। उहाँहरू नभए आज हामी यसरी तपाईंहरूको अगाडि उभिन सक्दिन थियौँ। उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईंहरूको अगाडि उभिन सफल बनाएको छ,’ एलओडी क्लबका निर्देशक भुपेन कुँवर दार्शनिक सुनाए।
दैनिकजसो क्लबमा आउने पाहुना सौभाग्यको एक अंश लाग्थ्यो। यहाँ आएका पाहुनालाई निराश होइन कसरी खुसी बनाएर पठाउन सकिन्छ भनेर त्यसैमा घोत्लिन्थे उनी।
ठमेल धेरै नेपालीका लागि सपनाको गल्ली हो। जहाँ जोसुकै सहजै पुग्दैनन्। साप्ताहिक बिदा विशेष कार्यक्रममा मात्र पुग्छन्।
ठमेल किन कोही किन आउँछन् होला? यो प्रश्नले उनलाई धेरै समयसम्म घोचिरह्यो। ठमेल रात्रीकालीन जीवन वा जीवनका बारेमा सबैका आ-आफ्ना अनुभव छन्। अझ भनौँ तीता-मिठा अनुभव सबैसँग हुन्छन्। मानिससँग कति अनुभव र तनाव छ। तीनै तनावका कथाले भुपेनलाई पनि छोपेको थियो।
अनि उनले सोचे, 'ठमेल आउनुको एउटै कारण थियो मनको व्यथा भुल्न।'
सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा उत्सव मनायो। जहाँ उनले कोही किन ठमेल आउने र एलओडीमै किन जाने बताइरहेका थिए। एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको उनले बताए।
‘हाम्रा पाहुनाहरूलाई संगीतको आनन्द र विभिन्न खालका मनोरञ्जन प्रदान गरेर सुमधुर वातावरण बनाउने प्रयास गरिरहेका छौँ,’ कुँवरले भने,’ हामीबाट टाढा गएका पाहुना तथा कहिले नआएका पाहुनाहरूलाई यहाँसम्म ल्याउनु नै हाम्रो कर्म रहेको छ।‘
क्लबको पहिलो प्राथमकिता एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउने हो। क्लबको अनुशासित वातावरण र कर्मचारीको आतिथ्यता तथा सत्कार पहिलो गहना बनेको छ। मृदुभाषी कर्मचारी र पाहुनाहरूलाई सुरक्षित राख्न सक्नु क्लबको दायित्त्व हो।
डिजे म्युजिकले संगीतका पारखीलाई मजाले आकर्षण गरेको छ। जसले यहाँ बसेर र खाएर मनोरञ्जन लिन सक्छन्।
उनका अनुसार क्लबमा एक सय ५० जनाभन्दा बढी कर्मचारीहरू छन्। यो क्लबको मेरुदण्ड कर्मचारीहरू हुन्। कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याई पुर्याएको कुँवर बताउँछन्।
‘हामी यहाँ आउने सबै पाहुनालाई एकै नजरले हेर्छौँ। यहाँको आतिथ्यताले पुनः ती पाहुनाहरू फर्केर आउनुहोस भनेर सम्मान गरेर पठाउँछौँ। हामी नेपाली समाजदेखि टाढा छैनौँ,’ उनले उल्लेख गरे, 'हामी पनि यहीँ समाजका नागरिक हौँ। हामीप्रति कोही पनि नकरात्मक नभइदिनु होला। हामीले विशुद्ध व्यवसाय गरेका हौँ। हाम्रो तर्फबाट राज्यलाई गर्नुपर्ने दायित्त्व पुरा गरेका छौँ।'
रात्रिकालीन व्यवसायका धेरै चुनौती रहेको कुँवरले सुनाए। 'व्यवसायमा उतारचढाव आइरहँदो रहेछ यसलाई व्यवसायीले सिकाइको रूपमा र थप मजुबत हुने अवसरको रूपमा लिनुपर्ने रहेछ,’ उनले अनुभव सुनाए।
क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकारात्मक धारणा बन्न नसकेको उनले गुनासो गरे। क्लब जाने मानिस बिग्रने विकृती ल्यायो जस्ता धारणा बन्ने गरेको उनले दुःखेसो पोखे।
निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कता-कता चिर्न सकेको दाबी गरे। जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ।
उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे। 'नियत खराब भए त कसको के लाग्छ र? आज म दाबीको साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला,' उनले अगाडि थपे, ’यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरन्जन गर्न सक्नुहुन्छ। अहिले काठमाडौं आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ। यो मुलुकका लगि गौरवको विषय बनेको छ।'
उनी ठमेल पर्यटकीय क्षेत्र रहेकाले यहाँ आन्तरिक पर्यटक आउन हिच्किचाउने गरेको विगत सुनाउँछन्। यहाँबाट महँगी र विकृतीको सन्देश बाहिर गयो। हामीले विकृती नभइ सभ्य व्यवसाय गरेकाले राम्रो सन्देश दिन सफल भएको उनले गौरवसाथ सुनाए।
व्यवसायमा आउनु ठूलो कुरा होइन आएपछि आइपुगेको ठाउँमा कसरी टिक्न सकिन्छ त्यो महत्त्वपूर्ण रहेको उनको बुझाइ छ। कुँवर सुनाउँछन्, 'हाम्रो व्यावसायिक जीवनमा धेरै पात झरे र पालुवा पनि पलाए। तर हामीले निरन्तर कर्म गर्न भने छोडेनौँ। सायद कर्मको निरन्तरताले हाम्रो भेट जुराएको जस्तो लाग्छ। हामीलाई सञ्चारजगतले ठूलो टेवा पुर्याएको छ।'
कुँवरका अनुसार क्लब सामाजिक न्यायमा सदा अडिग छ। लैंगिक समानतालाई पनि उत्तिकै महत्त्व दिएर महिला र पुरुष कर्मचारी बराबर संख्यामा छन्। उनले संविधानलाई सधैं शिरोधार्य गरेको र नेपाली समाजदेखि टाढा नपुगेको बताए।
क्लबमा आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्न लागिएको छ। नयाँ सीट व्यवस्थापन भइसकेको छ। लाइट, म्युजिक सिस्टम र होल इन्टिरियरिङ डिजाइन परिवर्तन गर्ने योजना रहेको कुँवरले प्रस्ट पारे।
‘अन्तर्राष्ट्रिय बजारमा एलओडीलाई कसरी बढीभन्दा बढी मार्केटिङ गर्ने भनेर अगाडि गइन्छ,’ उनले थपे, 'साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर ठूला-ठूला कार्यक्रम गर्ने योजना छ। ग्राहक तथा पाहुनालाई स्वागत गर्ने तरिकालाई थप प्रभावकारी बनाइनेछ।'







५ जेठ , २,०८३