नोटिफाई नेपालLoading...



नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माननीय दामोदर भण्डारीको प्रमुख आतिथ्य र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
मन्त्री भण्डारीले नेपाल मैदा उद्योग संघ र भारतको एग्रिवाच कम्पनी बीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श सेवाहरू प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
भूउपग्रहको प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्न निजी क्षेत्रको प्रयासमा पहिलो पटक यस्तो सम्झौता भएको नेपाल मैदा उद्योग संघ अध्यक्ष कुमुद दुगडले बताए।
वैज्ञानिक आधारमा बालीको तथ्यांक, किसानहरूको समस्याको गहिरो बुझाइ र लक्षित समाधानहरू लागू गरेर नेपालले आगामी तीन वर्षभित्र गहुँमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने ठूलो सम्भावना राख्ने जनाएको छ।
महत्वाकांक्षी लक्ष्य हासिल गर्न नेपाल सरकार र सबै सरोकारवालाहरूको निरन्तर बलियो समर्थन र सहकार्य अत्यन्त आवश्यक हुने मैदा संघले जनाएको छ।







५ जेठ , २,०८३