नोटिफाई नेपालLoading...




प्रिय, तिमी हामीले आफैं पढ्यौं र सन्तानलाई पनि पढायौं – २
कि पढेर र कि परेर जानिन्छ, बल्ल पो थाहा भो !
हाम्रा प्रधानमन्त्रीले बालखैमा पढेको विर्सिसके,
बाँकी दुवै नहुनु, तपाईहरुलाई अभिसाप भो !!
कापी जाँच्ने र क्यालेन्डर, बनाउनु पर्ने बेला छ –२
काठमाण्डौं धाएर, धर्ना–जुलुस गर्नु पर्ने भो !
गुरुबा र आमाको, यो गती देख्दा लाग्छ आज,
“विद्धान सर्वत्र पुज्यन्ते”, भन्ने उखान कहाँ गो !!
सिप भएका र नभएका, सबै विदेश लाग्न थाले – २
गाउँ–गाउँमा, पुस्तकालय र स्कुल खाली भो !
सत्तामा बस्नेहरु, कहिले सोच्ने हुनु कुन्नि,
शिक्षकको महत्व बुझ्न, अब ढिला भो !!
तिम्रो आवाज सत्तामा हुँदा, यी कसैले सुनेनन् – २
अब तिमीले दलको झोला, फाल्नु पर्ने भो !
आफ्नै मर्का नबुझ्नेको, कति पछि लाग्ने,
अब विगतका धोकाबाट, पाठ आफैंले पढ्ने बेला भो !!
शंकर पाण्डे ‘मुक्ति’
माडी–२, चितवन







५ जेठ , २,०८३