नोटिफाई नेपालLoading...



नेपाल शिक्षक महासंघ र सरकारबीच शिक्षकका माग सम्बोधन गर्न वार्ता सुरु भएको छ। महासंघको टोली मंगलबार मन्त्रालय पुगेर छलफलमा जुटेको छ।
महासंघको टोलीमा अध्यक्ष, उपाध्यक्षसहित चार जना सहभागी छन्। सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई मन्त्रालयका सचिवले साथ दिएका छन्।
महासंघले लामो समयदेखि मागहरू सम्बोधन नभएको भन्दै आन्दोलनको चेतावनी दिँदै आएको छ। वार्ताबाट सहमति जुट्ने अपेक्षा गरिए पनि निष्कर्ष भने प्रतीक्षारत छ।
सोमबारको वार्ता सकारात्मक भए पनि कुनै ठोस निष्कर्षमा पुग्न सकेको थिएन।







२६ जेठ , २,०८३