नोटिफाई नेपालLoading...



सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजनामा आगामी जेठमा प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ।
खेलकुदअन्तर्गत ४ खेल प्रतियोगिता हुनेछ। राष्ट्रिय रग्बी, खुला राष्ट्रिय तेक्वान्दो, ब्याडमिन्टन र फुटसलको प्रतिस्पर्धा हुनेछ। रग्बी र तेक्वान्दो काठमाडौंमा हुनेछ। बाँकी २ खेल कोसी प्रदेशको झापामा खेलाइनेछ।
प्रतियोगिता जेठ दोस्रो सातादेखि जेठ अन्तिम साताको अवधिमा गर्ने गरी सञ्चालन गर्ने आयोजक एकेडेमीका अध्यक्ष रञ्जित तामाङले जनाएका छन्। प्रतियोगिताको तालिका, पुरस्कार, प्रायोजकसहितको विस्तृत विवरण वैशाख अन्तिम साता सार्वजनिक गर्ने एकेडमीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।







२६ जेठ , २,०८३