नोटिफाई नेपालLoading...



अमेरिका र युक्रेनबीच 'आर्थिक साझेदारी सम्झौता' भएको छ, यससँगै अब अमेरिकाले युक्रेनका दुर्लभ खनिजमा पहुँच पाउनेछ।
यसको सट्टामा अमेरिकाले युक्रेनमा लगानी कोष स्थापना गर्नेछ। यो सम्झौताबारे युक्रेन र अमेरिकाबीच लामो समययता छलफलमा थियो। विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः वाइट हाउस फर्किएपछि जनवरीदेखि नै यो प्रयास तीव्र पारेका थिए।
फेब्रुअरीमै खनिज सम्झौता तय भए पनि ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको तनावको वातावरणले स्थगित भएको थियो। अन्तत: सम्झौता भएको हो।
सम्झौतापत्रमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिस सेभरीडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका छन्।
.jpg)






२६ जेठ , २,०८३