नोटिफाई नेपालLoading...



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले श्रमिकहरूका इतिहास पढ्नुपर्ने बताएका छन्।
आज परेको अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै परियारले शासकका इतिहास मात्रै पढेर नहुने बताएका हुन्।
'मलाई लाग्दछ यो पृथ्वीको सबै भूखण्ड, जहाँ-जहाँ आज मान्छे बस्न सम्भव भएको छ, त्यो श्रम गर्ने मजदुरहरूका कारण भएको छ। हामीले साशकहरूको इतिहास त पढ्यौँ। तर, तिनले शासन गरेका र बसिखान नदिएका श्रम गर्ने मजदुरहरूका इतिहास पढेनौँ,' उनले भनेका छन्।
यो संसार अझ बढी श्रम गर्नेहरूको हुनुपर्ने उनले बताए। 'कथा अब पछाडिबाट पढ्ने हो कि ? जसले गर्दा मान्छेको हित होस्। यो संसार अझ बढी श्रम र मजदुरी गर्नेहरूका लागि बन्न सकोस्,' उनले फेसबूकमा लेखेका छन्।
.jpg)






२६ जेठ , २,०८३