नोटिफाई नेपालLoading...



सत्तारूढ दल नेकपा (एमाले) ले 'समृद्ध नेपाल, सुखी नेपाली' नारा राष्ट्रिय आकाङ्क्षा भएको बताएको छ।
आइतबार (आज) पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, 'सुखी नेपाली, समृद्ध नेपाल एमालेको नारा होइन, दुईवटा पञ्चवर्षीय योजनामा पनि समावेश भएका छन् र समावेश हुँदा ठूला पार्टीहरू कुनै न कुनै रूपमा सरकारमा थिए।'
ज्ञवालीले यो राष्ट्रिय आकाङ्क्षा भएको बताए। 'यो एमालेको मात्रै नारा होइन, राष्ट्रिय आकाङ्क्षा हो, सपना हो। अझ साँचो अर्थमा भन्दा संविधानले भनेको समाजवादउन्मुख अर्थतन्त्र, सामाजिक न्यासहितको लोकतन्त्रको मूर्त रूप हो। यसलाई कुनै पनि दलीय हिसाबले साँघुरो आँखाले हेर्नु हुँदैन,' उनले भने।


-1778732990.jpg)




२२ जेठ , २,०८३