नोटिफाई नेपालLoading...



प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली भेटेका छन्।
दाहाल प्रधानमन्त्री ओली भेट्न आइतबार (आज) साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका हुन्।
उनले पार्टीका उपमहासचिव वर्षमान पुन पनि सँगै लिएर गएका छन्। भेटमा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलसमेत सहभागी छन्।
प्रधानमन्त्री ओली र दाहालबीच सङ्क्रमणकालीन न्यायलगायतका विषयमा छलफल भएको छ।


-1778732990.jpg)




२२ जेठ , २,०८३