नोटिफाई नेपालLoading...

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८२ सुरु भएको छ ।
नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा जङ्गी अड्डामा एक कार्यक्रमबीच बलाधिकृत रथी निर्मल कुमार थापाले तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको सुरुवात गरेका हुन् ।
प्रतियोगितामा विभिन्न ९ वटा क्लबका १५ महिलासहित १९६ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा खुल्ला तथा भेट्रान्सतर्फ विभिन्न १२ वटा विधाका खेलहरू समावेश गरिएको छ।
प्रतियोगिता वैशाख २८ गतेसम्म जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने जङ्गी अड्डाले जनाएको छ ।


-1778732990.jpg)




२२ जेठ , २,०८३