पर्सागढीको प्राथमिक स्वास्थ्य केन्द्रमा अधिकांश सेवा ठप्प
Your ads here755 X 100

•
Byक्रान्ति साह
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
वीरगन्ज : पर्साको पर्सागढी नगरपालिका-६ बागेश्वरी तित्रौनामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको अधिकांश सेवा ठप्प भएको छ। दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको अभाव र उपकरणहरू पनि बिग्रिएर थन्किएका कारण प्राथमिक स्वास्थ्य केन्द्रको अधिकांश सेवा ठप्प भएको हो।उक्त प्राथमिक स्वास्थ्य केन्द्रको ल्याबमा रहेको रगत परीक्षण गर्ने मेसिन तीन महिनादेखि बिग्रिएर थन्किएको छ। उक्त मेसिन मर्मतका लागि कसैले चासो नै देखाएको छैन। ल्याबमा अहिले किटको भरमा सीमित रोगहरूको मात्रै परीक्षण भइरहेको छ। मेसिन बिग्रिएको र