दशकको अथक प्रयासपछि जग्गाको लालपूर्जा
Your ads here755 X 100

•
Byधनवीर महतो
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
महोत्तरी : महोत्तरीको बेलगाछीमा वर्षौदेखि गाउँब्लकको जग्गामा बसोबास गर्नेहरूलाई जग्गाको लालपूर्जा प्रदान गरिएको छ। आइतबार नापी कार्यालय महोत्तरीले वडा कार्यालयमा आयोजना गरेको एक समारोहका बीच सो स्थानका २ सय ३ जनालाई जग्गाधनीको लालपूर्जा वितरण गरिएको हो।सोहीविच राष्टिय भूमि अधिकार मञ्चका केन्द्रीय महासचिव फौदसिंह स्याडवाले बेलगाछीवासीसमक्ष जनाएको प्रतिबद्धता एक दशकपछि मात्र पूरा भएको बताए। २०७२ सालमा तत्कालीन बेलगाछी गाविसबाटै सुरु भएको भूमि अधिकारको अभियान जिल्लाको अन्य ठाउँमा पूरा भए