नोटिफाई नेपालLoading...



मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच दुई करोड २२ लाख २२ हजार रुपैया नगद राशिको अक्षयकोष स्थापनाको सम्झौता भएको छ।
अक्षयकोष स्थापनासम्बन्धी सम्झौतापत्रमा आज उपकुलपति प्राडा ध्रुवकुमार गौतम र नगरप्रमुख मोहनमाया ढकालले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार मध्यपश्चिम विश्वविद्यालयमा अध्ययन गर्ने वीरेन्द्रनगर नगरपालिका क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याज छात्रवृत्तिका रूपमा प्रदान गरिने छ।







१३ बैशाख , २,०८३