नोटिफाई नेपालLoading...



कञ्चनपुरमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।
बेलौरी नगरपालिका–४ बुटाबारी बस्ने ६० वर्षीय देव सिंह बोहरालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।
५४ वर्षीया महिलालाई बोहराले जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका बोहरामाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।






-1779013614.jpg)
१ जेठ , २,०८३