नोटिफाई नेपालLoading...



नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नेपाली कलाकारहरू मिस पबी र बुद्धि तामाङ फिचर गरिएको डकुमेन्ट्री प्रदर्शन भएको छ।
निफ अन्तर्गतको सिजाङ पानारोमामा वाङ लिन्जी द्वारा निर्देशित डिस्कभरिङ सिजाङ २०२६’ शीर्षकको डकुमेन्ट्री प्रदर्शन गरिएको हो।
नक्सालमा राखिएको यस प्रदर्शन कार्यक्रममा नायिका स्वस्तिमा खड्का र नेपाली फिल्मका निर्देशक निश्चल बस्नेत उपस्थित भएका थिए।
नेपाल, अमेरिका, रुस, इटाली, मोरक्को र कम्बोडिया का ९ युवाहरूले चीनमा अनुभव गरेका गतिविधिहरू यस डकुमेन्ट्रीमा प्रस्तुत गरिएको छ।
सांस्कृतिक सम्पदाको संरक्षण, हरित ऊर्जाको विकास, आधुनिक जीवनशैली, वातावरण संरक्षण र उच्च गतिमा प्रविधि तथा विकासलगायतका विषयमा चीनले गरेका कामहरू डकुमेन्ट्रीमा देखाइएको छ।
निफको सिजाङ पानारोममा पाँच फिल्म प्रदर्शन गरिएको थियो। जसमा फिल्महरू ‘स्नो लियोपार्ड’ ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’, ‘सनराइज ओभर द प्लेटो’ र ‘वारियर किङ’ प्रदर्शन गरिएको थियो।








२३ चैत , २,०८२