नोटिफाई नेपालLoading...



कालीकोट जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लाका तीन वटा नगरपालिका र छ वटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीतिकार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएका बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, रोजगारी, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकता दिइएको छन्।
कालीकोटका नौ वटा स्थानीय तहले कूल रु चार अर्ब ५५ करोड छ लाख ३२ हजार २२६ को बजेट प्रस्तुत गरेका छन्। खाडाँचक्र नगरपालिकाले रु ५७ करोड ३७ लाख १६ हजार, रास्कोट नगरपालिकाले रु ५६ करोड ६७ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ।
त्यस्तै, शुभकालिका गाउँपालिकाले रु ४० करोड ८८ लाख ३६ हजार ३६, नरहरिनाथ गाउँपालिकाले रु ६१ करोड ५९ लाख ५९ हजार ७००, सान्नीत्रिवेणी गाउँपालिकाले रु ४४ करोड २६ लाख २५ हजार ९४७, पचालझरना गाउँपालिकाले रु ४१ करोड ४४ लाख ७७ हजार ५४३, पलाँता गाउँपालिकाले रु ४९ करोड ६९ लाख ९३ हजार ९१ र महावै गाउँपालिकाले रु ३७ करोड ३८ लाख ३५ हजार ५०२ को बजेट सार्वजनिक गरिएको छ।







१२ असार , २,०८३