नोटिफाई नेपालLoading...



वि.सं. २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दू बनेको बारपाक अहिले पर्यटकीय गन्तव्य र आकर्षणको केन्द्रका रूपमा विकसित भएको छ। ११ वर्षअघिको त्यो भयावह क्षतिलाई बिर्सिँदै बारपाकले विकास र पुनरागमनको नयाँ बाटो समातेको छ।
त्यस समयको भूकम्पले ७० भन्दा बढीको ज्यान लिएको थियो भने सिंगो बस्ती नै तहसनहस बनाइदिएको थियो। तर, बारपाकबासीले त्यो ठूलो दुःखलाई शक्तिमा बदल्दै अघि बढिसकेका छन्। पहिले एकनासका ढुंगे छाना, साँघुरा गोरेटो बाटा र परम्परागत जीवनशैलीले चिनिने यो ऐतिहासिक बस्तीको स्वरूप अहिले पुनर्निर्माण र आधुनिकीकरणका कारण फेरिएको छ।
बस्तीमा अहिले सुविधायुक्त होटल, लज र सडक सञ्जालको विस्तार भएको छ। आधुनिक संरचनाहरू थपिए पनि बारपाकको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वले गर्दा यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। भूकम्पपछिको बज्रपात पार गर्दै बारपाकले अहिले आफ्नो पहिचान एक जीवन्त पर्यटकीय क्षेत्रका रूपमा स्थापित गरेको छ।
तस्बिर : दिपेश दर्शनधारी/नागरिक























१३ बैशाख , २,०८३